back
Kumari Bank

मन्त्रलायको संरक्षणमा भुकम्पपीडितलाई कम्बल भन्दै ६३ लाख ठगी

Nepal Bank

काठमाण्डौं । उद्योग मन्त्रालयले भूकम्प पीडितका लागि कम्बल खरिद गर्ने प्रक्रियाका लागि भन्दै गैरनागरिक बिचौलियाले ६३ लाख ठगेको खुलासा भएको छ ।

भारतीय नागरिक सन्जिव सिंहले भुकम्पपीडितका लागि ३६ हजार कम्बल चाहिएको भन्दै नेपालगन्जका व्यवसायी वीरेन्द्र गुप्तालाई काठमाडौं बोलाई ठगेका हुन् । गुप्ताको सुवि ट्रेड लिंकले मन्त्रालयमा प्रति कम्बल २ हजार ३ सय ५० का दरले ३६ हजार थानको ८ करोड ४६ लाख टेण्डर प्रस्ताव गरेको थियो ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले भन्सार छुटका लागि तोक समेत लगाएका थिए । मन्त्रीको अनौपचारिक आश्वासनसमेत पाएपछि भारत हरियाणास्थित प्रार्थना उल टेक्समा अर्डर गर्ने बेला आफू ठगिएको थाहा पाएको गुप्ता बताउँछन् । ‘मन्त्रालयभित्रै कुरा भएको र मन्त्रीले समेत काम हुन्छ भनेपछि बैधानिक प्रक्रियाका लागि पैसा दिएको हो’ उनले भने,–मन्त्रालयकै संरक्षणमा ठगी भएको हैन भने मन्त्रीले पनि प्रष्ट पार्नुपर्छ ।

गत पुस ९ गते सिंह नेपालगन्ज न्यूरोड स्थित न्यू अजय फैन्सीमा आएका थिए । उनले त्यहॉ २ वटा कम्बलको नमूना देखाउँदै उद्योग मन्त्रालयका लागि सप्लाई गर्न आग्रह गरे । ‘मैले बर्दिया भलागौढीस्थित उनको ससुराली गएर स्याम्पल देखाएँ’ सुबि ट्रेड लिंकका गुप्ताले भने,–स्याम्पल पास भयो भन्दै काठमाण्डौ बोलाएर ठगे ।

माघ ३ गते सिंहले फोन गरेर कागजपत्रसहित काठमाडौं बोलाए । बागबजारस्थित रत्ना पुस्तक पसलमाथि उनको कार्यालय पनि छ । ५ गते उद्योग मन्त्रालयभित्र लगेर ५ प्रतिशत कमिशन चार्ज र साढे २ प्रतिशत सेक्युरिटी रकम जम्मा गर्नुपर्ने र त्यसको ब्यहोरा सम्झौतापत्रमा आउँछ भनियो । तत्कालै मन्त्रालय भुकम्पपीडितलाई वितरण गर्न सुवि ट्रेड लिंकमार्फत ३६ हजार थान कम्बल मगाएकोमा भन्सार छुटका लागिभन्दै उद्योगमन्त्री पाण्डेयबाट तोक लगाए ।

गुप्ताका अनुसार, मन्त्रीका निजी सचिव कृष्ण बस्याल र पदम गैरेले कम्बल कर छुटको तोकका लागि सहजीकरण गरेका थिए । सचिवालयका दुई कर्मचारीका लागि न्यूरोडको ताम्राकार हाउसबाट सिंहले १४ हजारका दरले दुई वटा मोबाईल समेत किनाएका थिए ।

मन्त्रीले बाहिर निस्केर ‘तपाईको काम अब हुन्छ है’ भनेपछि ढुक्क भएका गुप्तालाई सिंहले पटक–पटक मन्त्रालय लगे । उद्योग र अर्थमन्त्रालयमा प्रक्रिया अघि बढेकोभन्दै ३७ लाख रुपैया लिए । ८ गते ५ लाख लिए । ११ गते २१ लाख २० हजार नगद सिंह उपलब्ध गराएको उनले बताए । सोही दिन सिंहको निल कमल बचत तथा ऋण सहकारी संस्था काठमाण्डौको खातामा २० लाख जम्मा गरिदिएको गुप्ताले बताएका छन् ।

सिंहका गतिविधि शंकास्पद लागेपछि गुप्ताले भिडियोसमेत खिचेका छन् । त्यसमा उनले आफूले ६३ लाख बुझेको स्वीकारेका छन् । त्यसमध्ये ४२ लाख उद्योगमन्त्रीलाई मिलाउन दिएको दाबी गरेका छन् । सिंहको ठगीबारे उजुरीपछि फागुन १० गते प्रहरीले पक्राउ गर्‍यो । ११ गते मुद्दा चलाइयो । जिल्ला अदालतले बुधवार उनलाई ५ लाख धरौटीमा रिहा गरेको छ । ‘धेरै कुरा आदेश हेरेपछि भन्न सकिन्छ’ सरकारी वकिल कृष्णमोहन कोइरालाले भने,–‘विदेशी नागरिक भएकाले थुनछेक हुनुपर्ने वा बिगो अनुसारको धरौटी लिएर छाड्नुपर्ने थियो ।’

उद्योग मन्त्री पाण्डेयले भने आफूले सिंहलाई नचिनेको दाबी गरे । ‘मन्त्रालयले भुकम्पपीडितका लागि कम्बल मगाएको छैन’ उनले भने,–न बजेट छ । न त हाम्रो क्षेत्राधिकारभित्र पर्छ । मन्त्रीलाई मिलाउन ४२ लाख खर्च गरेको सिंहको दाबी पनि उनले खण्डन गरे । ‘म २÷४ पैसाको लोभ गर्ने मान्छे हैन,’ मन्त्री पाण्डेले भने । तर, मन्त्री पाण्डेले गत माघ ७ गते सचिवलाई आवश्यक कारबाहीका लागि तोक लगाएका छन् ।

उक्त तोक आदेशलाई उनको निजी सचिवालयले ८ गते दर्ता गरेको छ । सचिवालयको त्रुटि वा अरु कुनै तोकलाई कम्प्युटराईज कपि पेष्ट गरेको हुनसक्ने भन्दै उनले आफूले पनि छानविन गर्ने बताएका छन् । उनको निजी सचिवालयका पदम गैरेले सिंहले बिचौलियाको काम गर्न खोजेको थाह पाएपछि सचिवालयले एक पटक बल प्रयोग गरेर मन्त्रालयबाट बाहिर निकालेको दाबी गरेका छन् ।

कान्तिपुर, १४ चैत, २०७२, ९.००

वि.सं.२०७२ चैत १४ आइतवार १०:५३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार ८ आइतवार ०६:०७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

दुम्कीवास–दाउन्ने सडक खण्ड: ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’   

दुम्कीवास–दाउन्ने सडक खण्ड: ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’   

वि.सं.२०८२ असार ७ शनिवार ०६:४६

मध्यविन्दु (नवलपरासी) : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसङ पराजित   

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसङ पराजित   

वि.सं.२०८२ असार ७ शनिवार ०६:३७

काठमाडौँ :  त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल   घरेलु...

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात   

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात   

वि.सं.२०८२ असार ७ शनिवार ०६:३३

वीरगञ्ज (पर्सा) :  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना   

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार ७ शनिवार ०६:२८

काठमाडौँ   : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज ७ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईंको राशिफल ?

आज ७ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईंको राशिफल ?

वि.सं.२०८२ असार ७ शनिवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...