back
NMB ad

साढे ४३ करोड नाफामा हुँदा पनि बोनस नपाएपछि कर्मचारीहरुद्वारा उजुरी

Kumari bank ad

काठमाण्डौं । गोर्खा विकास बैंकमा कार्यरत केही कर्मचारीले बैंक नाफामा जाँदासमेत आफूहरुले बोनस नपाएको भन्दै श्रम कार्यालय बागमतीमा निवेदन दर्ता गएका छन्। उनीहरुले नाफा भएको वर्षमा बोनस नपाएको भन्दै निवेदन दिएका हुन्।

उनीहरुले बैंकको वासलातको अध्ययन गरी बोनस वितरण गराइदिन माग पनि गरेका छन्। कर्मचारीहरुले श्रम कार्यालयमा बुझाएको निवेदन अनुसार बैंकले गत आर्थिक वर्षमा ४३ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको सञ्चित कोष नोक्सानमा रहेपनि वार्षिक रुपमा नाफा गरिरहेकाले त्यही नाफाबाट बोनस पाउनु पर्ने दावी गरेका छन्। बैंकमा कार्यरत कर्मचारीहरु लालबहादुर गुरुङ, निलम राई, सगुन श्रेष्ठ, सरोजमणि अधिकारी, विश्वास खड्का, राजकुमार तामाङ, राम रावल र जीवनकाजी कार्की मिलेर श्रम कार्यालयमा उजुरी दिएका हुन्। निवेदनमा गोर्खा विकास बैंकलाई विपक्षी बनाइएको छ।

१४ चैत, २०७२, ११.३०

वि.सं.२०७२ चैत १४ आइतवार १४:५१ मा प्रकाशित

You can share this post!

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ असार ७ शुक्रवार १७:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल...

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...