काठमाण्डौं । व्यवसायिक रूपमा सफल चलचित्र ‘पशुपतिप्रसाद’ को पाइरेसी भएको छ । चलचित्रको सेन्सर कपी नै पाइरेसी भएको बताइन्छ । योसँगै चलचित्रको करोडौं रुपैयाँ घाटा हुने भएकोछ ।
चलचित्र जाँचपासको अधिकारप्राप्त निकाय सेन्सर बोर्डलाई चलचित्रको सेन्सरका लागि कुनै पनि चलचित्रले ‘वाटरमार्क’ सहित चलचित्र बुझाउँछन् । बताइएअनुसार ‘पशुपतिप्रसाद’ ले सेन्सर बोर्डका लागि प्रदान गरेको फाइल नै पाइरेसी भएको हो ।
चलचित्र पाइरेसी भएपछि विदेशमा र स्वदेशमै यसको सिडीबाट बिक्री हुने करोडौं रुपैयाँबाट चलचित्र वञ्चित हुने पक्का भएकोछ ।
१५ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत १५ सोमवार १२:५९ मा प्रकाशित