
फेसबुकले आफ्ना प्रयोगकर्ताहरुसँग माफी मागेको छ।
हिजो पाकिस्तानमा भएका विस्फोटपछि फेसबुकले सेफ्टी चेक नोटिफिकेशन जारी गरेको थियो।
फेसबुकको ‘सेफ्टी चेक’ फिचरले गलत नोटिफिकेशन पठाएका कारण माफी माग्नु परेको हो।
केही गडबडीका कारण प्रयोगकर्ताले पाउनु पर्ने नोटिफिकेशन उल्टा पाएका कारण यस्तो यसस्या भएको फेसबुकले जनाएको छ।
फेसबुकले जारी गरेको नोटिफिकेशनमा ‘Aru you affected by the expolsion?’ मात्र जनाइएको थियो।
विस्फोट कुन ठाउँमा भएको, मानिसहरु सुरक्षित छन् की छैनन् भन्ने विषयमा कुनै प्रकारको जानकारी नगराएको जनाइएको छ।
प्रकाशितः २०७२ चैत्र १५
वि.सं.२०७२ चैत १५ सोमवार १४:५३ मा प्रकाशित