
काठमाण्डौं । आज बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै आज सुन ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन हिजो स्थिर रहँदै सोही भाउमा कारोबार भएको थियो। केही दिनदेखि थोरै घटिरहेको सुन आज भने ३ सयले बढेको हो।
चाँदीको भाउ भने आज पनि स्थिर रहँदै ७ सय २० रुपैयाँमै कारोबार भएको छ।
प्रकाशितः २०७२ चैत्र १७
वि.सं.२०७२ चैत १७ बुधवार १२:३० मा प्रकाशित