back

ऐनअनुसार श्रमिकको सुबिधा दिईने पोखराका पर्यटन व्यवसायीको उद्घोष

Kumari bank ad

पोखरा । यहाँका पर्यटन व्यवसायीहरुले श्रम ऐनअनुरुप पर्यटन श्रमिकहरुलाई तलब, भत्ता, लगायत अन्य सुबिधा उपलब्ध गराउने उद्घोष गरेका छन् । होटेल उडल्याण्ड पोखरामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको पर्यटन क्षेत्र युनियन परिषद् र पोखराका पर्यटन व्यवसायी सम्मिलित संयुक्त अन्तक्र्रियामा व्यवसायीहरुले श्रमिकसंगको सहकार्यमा पर्यटनको विकासमा लाग्ने बताए ।

कार्यक्रममा नाट्टा पश्चिमाञ्चलका महासचिव सुवास भण्डारीले पर्यटन क्षेत्रमा देखा परेको समस्या समाधान गर्न पर्यटन क्षेत्रका मजदुर युनियन यूनिट्राभ, नेस्वहोमयू लगायत संघसंस्थासँग सहकार्य गरिने बताए । उनले भने, ʽश्रम ऐन अनुरुप सबै व्यवसायीले श्रमिकहरुलाई न्यूनत्तम पारिश्रमिक, सामाजिक सुरक्षा लगायतको व्यवस्था गर्नेछौं ।ʼ

टान क्षेत्रीय कमिटि पोखराका उपाध्यक्ष हरि भुजेलले ट्रे्िकङ ब्यवसायमा काम गर्ने श्रमिकको गाइड लाइसेन्स नबिकरणमा देखा परेको समस्यालाई तत्काल समाधान गर्न टानले आवश्यक कार्य गर्ने बताए ।

पर्यटन व्यवसायी गोपाल पहाडी, बासु त्रिपाठी, जीवन सापकोटा लगायतले होटल क्षेत्रका श्रमिकहरुलाई स्थाईका साथै नियुक्ति पत्र, उनीहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गरिने र कानुनी दायरामा रहेका ट्रेड युनियन संगठनलाई समर्थन गरिने बताए ।

pokhara2

संयुक्त अन्तक्रिया हुनुभन्दा अगाडि श्रमिकहरु भेला भई पर्यटन व्यवसायीहरुले आफुहरुमाथि श्रमशोषण गर्ने गरेको आरोप लगाएका थिए ।
कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला नेता भिमसेन भुजेल, जिल्ला सचिवालय सदस्य धन बहादुर नेपाली, एमाले उधोग बिभाग सदस्य युवराज पौडेलले श्रमिकका कानुनी अधिकार पुरा गर्न व्यवसायीलाई आग्रह गर्दै श्रमिकहरुले पनि इमान्दारीपूर्वक आफ्नो दायीत्व निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रको दिगो विकासका लागि होटल, रेष्टुरेन्ट, ट्रेकिङ, ट्राभलमा काम गर्ने श्रमिकहरुले भावी दिनमा खेल्नुपर्ने भूमिका र उनीहरुको अधिकारका विषयमा कार्यपत्र पेश गरेका थिए ।

यस्तै नेस्वहोमयूका उपाध्यक्ष बंशी भट्टराईले ब्यवसायीहरुले ट्रेड युनियन संगठनलाई हेर्न दृष्टिकोण परिवर्तन गर्नुपर्ने भनाई राखे । कार्यक्रमका प्रमुख अतिथि जिफन्ट पर्यटन क्षेत्र युनियन परिषद्का संयोजक राम बुढाथोकीले सबै रेष्टुरेन्ट, होटल, क्याटरिङ, ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, एयरलाइन्सका मजदुरहरुलाई संगठीत भएर कार्य गर्न आग्रह गर्दै अनुशासनमा रहेर आफ्नो दायीत्व पुरा गर्न निर्देशन दिएका थिए । यूनिट्राभ पश्चिमाञ्चल क्षेत्रीय कमिटीका अध्यक्ष विजय केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

१७ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत १७ बुधवार १२:३३ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...