
काठमाण्डौं । पर्यटन पत्रकार संघ (जाट नेपाल)ले अघि सारेको जेटूजे सम्मेलनको हिस्सा लिन खोज्नेलाई सचेत रहन आग्रह गरेको छ ।
६ महिना अघिदेखि निरन्तर नेपाल सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगाएत विभिन्न निजी व्यवसायिक छाता संगठन तथा पर्यटन विज्ञहरुसँग रायसुझाब लिँदै कार्यक्रम सञ्चालनको अन्तिम घडिमा पुगेको अवस्थामा अन्य संस्थाले यसको हिस्सा लिन खोज्नु लज्जास्पद भएको जाट नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कात्तिक ३० गते पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललाई अवधारणा पत्र बुझाउँदै कार्यक्रमबारे जानकारी गराएको जाट नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ,‘पर्यटनमन्त्री पोखरेललेसमेत प्रतिवद्धता जनाउनुभएको छ र सो को भिडियो फुटेजसमेत जाट नेपालसँग सुरक्षित छ । तर, यस्तो अवस्थामा पर्यटन पत्रकार मञ्च (नाटोज) नामक संस्थाको हवाला दिँदै त्यसका अध्यक्षले अनलाइन मिडियामा गरेको भ्रामक प्रचारप्रति आपत्ति प्रकट गर्दछौं ।’
नेपालको पर्यटन प्रबद्र्धनका लागि गर्न लागिएको पवित्र कामलाई विवादमा नल्याउन समेत आग्रह गरेको छ । जाट नेपालले पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र नेकपा ९एमाले०का पर्यटन विभाग प्रमुख सूर्य थापालाई समेत विवादमा तान्ने गरि भईरहेको भ्रामक प्रचारबाजीप्रति गम्भिर ध्यानाकर्षण समेत भएको जनाएको छ ।
जाट–नेपालले अघि सारेको अवधारणा प्रति कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्दै सबैलाई सहकार्यको लागि अपिल गरेको छ ।
१७ चैत २०७२, १.००
वि.सं.२०७२ चैत १७ बुधवार १३:२७ मा प्रकाशित