back

अन्तर्राष्ट्रिय मनकामना केबुलकार पोखरा कप चैत ३० देखि

पोखरा । मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही चैत ३० देखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन गरिने भएको छ ।

कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित हुने सो प्रतियोगितामा नेपालका ए डिभिजनका १० फुटबल टोली र दुई विदेशी गरी १२ टोलीको सहभागिता रहनेछ ।

यसअन्तर्गत थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, झापा ११, धरान ११, रुपन्देही ११, सिमरा, पोखरा तथा बङ्गलादेश र भारतका १/१ टोली रहने सङ्घका अध्यक्ष धर्मबहादुर लामिछानेले आज बिहान यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेताले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेताले रु दुई लाख ५५ हजार ५५५ नगद, पदक र सिल्ड पाउने छन् ।  मनकामना केबुलकार पोखरा कप प्रतियोगिता गत पुस ८ गतेदेखि आयोजना गर्ने भनिएकामा नाकाबन्दीका कारण असहज अवस्था सिर्जना भएकाले सारिएको सङ्घका उपाध्यक्ष मिलन गुरुङले जानकारी गराउनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्काबाट रु एक लाख सहयोग गर्ने वचन दिनुभयो ।

१९ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत १९ शुक्रवार १४:०७ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...