
योग गुरु रामदेवको कम्पनी पतन्जलीको आटा नुडल्स एक परीक्षणमा तल्लो स्तरको र अखाद्य भएको पाइएको छ। भारतीय संचारमाध्यमका अनुसार उत्तर प्रदेशको मेरुठको फुड सेफ्टी एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफएसडीआइ) ले गरेको जाँचमा पतन्जलीको आटा नुडल्समा मापदण्ड सिमा भन्दा तीन गुणा बढी एश (Ash) पाइएको हो। यो मात्रा म्यागीका नमुनामा पाइएको भन्दा बढी हो।
मापदण्ड अनुसार एशको मात्रा १ प्रतिशत मात्र हुनुपर्छ तर यी तीनै कम्पनीका नमुना यस परीक्षणमा असफल भएका हुन्।रिपोर्टको बारेमा बताउँदै चिफ फुड सेफ्टी अफिसर जेपी सिंहले पतन्जली आटा नुडल्सको नमुनामा एशको मात्रा २.६९, म्यागीमा १.६३ र येप्पीमा २.१ प्रतशित पाइएको बताएका छन्। रिपोर्टका अनुसार यी तीनमध्ये सबैभन्दा बढी हानिकारक पतन्जली आटा नुडल्स हो।
योसँगै योगगुरु रामदेवले आफ्नो उत्पादनमा गर्दै आएको दावीको आलोचना भएको छ भने यस विषयमा उनले हालसम्म कुनै प्रतिक्रिया नदिएको पनि संचारमाध्यमले जनाएका छन्।
एजेन्सी, चैत २१
वि.सं.२०७२ चैत २१ आइतवार १४:१२ मा प्रकाशित