
महिन्द्रा टु ह्विलर्सले आफ्नो फ्ल्यागसीप मोटरसाइकल ‘मोजो’ दोस्रो चरणमा लन्च गरेको छ। पहिलो चरणमा अक्टोबर २०१५ मा सुरुवाती मूल्य १ लाख ५८ हजार भारतीय रुपैयाँमा लन्च गरिएको मोजोको मूल्य एक महिनापछि ५ हजार भारतीय रुपैयाँ बढाइएको थियो। भारतका चार राज्यमा मात्र उपलब्ध मोजो हाल थप १५ राज्यमा उपलब्ध गराइएको हो।
महिन्द्रा मोजोमा २९५ सिसि, सिंगल सिलीण्डर, लीक्वीड कूल्ड इन्जिन छ जसले अधिक शक्ति २७ बीएचपी र ३० एनएम टर्क उत्सर्जन गर्छ। सिक्स स्पीड म्यानुअल गियरबक्स भएको मोजोको प्रतिस्पर्धा होण्डा सिबीआर २५० आर, केटीएम ड्यूक ३९० जस्ता मोटरसाइकलसँग हुनेछ।
यसको मूल्य १ लाख ६३ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ।
वि.सं.२०७२ चैत २१ आइतवार १६:०३ मा प्रकाशित