
काठमाडौं । धरानको पिण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुलको निर्माण गरिने भएको छ ।
विश्व हिन्दु परिषद् नेपाल धरानले मन्दिर परिषरमा अष्ठ धातुले निर्माण गरिएको १५० फिट अग्लो त्रिशुल निर्माण गर्न लागिएको हो ।
परिषद्ले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पूर्व प्रसिद्ध धाम पिण्डेश्वरमा अष्ठधातुले निर्माण गरिने १५० फिट उचाईको महारुद्र त्रिशुल स्थापना गर्ने जानकारी दिएको हो ।
त्रिशुल निर्माण समितिका अध्यक्ष देबराज अधिकारीले ५ करोड ३० लाख अनुमानित लागतमा एक वर्ष लगाएर निर्माण गरिने सो त्रिशुल ६० जमिनमुनी र ९० फिट जमिनमाथि हुने जानकारी दिए ।
त्रिशुलकालाागि आवश्यक अष्ठधातु सर्वसाधरणले घरमा राखेको तामा पित्तल लगायतका धातु संकलन गरेर पुरा गरिने जानकारी दिँदै उनले बाँकी रकमसमेत जनश्रमदान र सहयोगबाट जुटाइने बताए ।
त्यसैगरी परिषद्ले आगामी फागुन २१ गतेदेखि पिण्डेश्वर अष्ठदशा महापुराण ज्ञान महायज्ञ लगाइने छ। सो यज्ञमा १४ अञ्चलका १८ प्रसिद्ध पण्डितले पुराण बाचन गर्ने छन् ।
जसमा २१ हजार १ सय ११ रुपैया तिरेर संकल्प गराइने छ । संकलित रकमसमेत त्रिशुल निर्माणमा लगाइने छ ।
त्यसैगरी पण्डितहरुले बाचन गर्ने १८ पुराणलाई पण्डितहरुद्धारा नै लेखाएर एउटै किताबको रुपमा तयार पारेर बिमोचनसमेत गराउने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।
प्रकाशितः २०७२ चैत्र २६
वि.सं.२०७२ चैत २६ शुक्रवार १३:१६ मा प्रकाशित