
काठमाण्डौं । हिमालयन बैंकले हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ भने यसका लागि बैंकले लक्ष्मी क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।
बैंकको २३ औ साधारणसभाले गएको आर्थिक बर्षको लाभांश वितरण पश्चात कायम चुक्ता पुँजीको १४.२८ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । गतबर्ष १ अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएको बैंकले ३५ प्रतिशत बोनस सेयर र ७.१० प्रतिशत नगद गरी ४२ प्रतिशत लाभांस दिएको हो ।
बैंकले गत आर्थिक बर्षको लाभांश वितरणपछि कायम चुक्ता पुँजीको १४.२८ प्रतिशतका दरले हुने ७ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । बैंकको सय कित्ता शेयर हुनेले १४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
२६ चैत २०७२, ११.००
वि.सं.२०७२ चैत २६ शुक्रवार १३:१६ मा प्रकाशित