काठमाण्डौं । नेपाल टेलिकमको सीम अब ९० रुपैयाँमा नै मिल्ने भएकोछ । यसरी किन्न पाइने सीममा ५० रुपैयाँ ब्यालेन्स सहित ३ सय एमबी डाटा फ्री पनि हुनेछ । यो सीम २०७२ चैत २९ गते देखि बिक्री वितरण हुने भएको छ ।
२०७२ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी एनटीसीले यस्तो स्किम ल्याएको हो । एसएलसीमा सहभागी विद्यार्थीले ९० रुपैयाँमा पाउने सिमकार्डमा ५० रुपैयाँ बराबरको टक भ्यालु र ३०० एमबी डाटा निशुल्क पाउने छन् । विद्यार्थीले सिम एक्टिभ भएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबीका दरले डाटा पाउने छन् ।
नयाँ स्किम अन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि, विद्यार्थी स्वयं वा उसको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ । योजना २०७३ असारसम्म कायम हुने छ ।
२८ चैत २०७२, १०.००
वि.सं.२०७२ चैत २८ आइतवार १२:२६ मा प्रकाशित