
काठमाण्डौं । आज कृषि विकास कार्यालय झापाले गरेको फार्म मेसिनरी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री हिरबोल गजुरेलले कृषकले अबदेखि पेन्सन पाउने बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले कृषकलाई राज्यबाट निवृत्त (पेन्सन) दिने व्यवस्था मिलाउन लागेको बताएका हुन् । मन्त्री गजुरेलका अनुसार सबै कृषकले भने पेन्सन पाउने छैनन् । भविष्यलाई सुरक्षित पार्न २० वर्षसम्म लगातार कृषि पेशा अंगाल्ने कृषकलाई राज्यबाट निवृत्त दिने व्यवस्था ल्याउन लागेको हो ।
कृषि क्षेत्रको विकास भएमा स्वतः पुँजीको विकास हुने र यसैको आधारबाट राष्ट्र सबल एवम् सक्षम हुने भन्दै उनले अगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको ठोस योजना आउने जानकारी दिए ।
२८ चैत २०७२, १.००
वि.सं.२०७२ चैत २८ आइतवार १४:०५ मा प्रकाशित