
पोखरा । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा निर्माण हुने भएको छ ।अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि बुधबार भव्य समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
चालीस वर्षदेखिको पोखरेलीको सपना साकार पार्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणका बेला चैत ८ गते विमानस्थलका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच सम्झौता भएपछि विमानस्थल निर्माणका लागि लगानीको टुंगो लागेको थियो।
शिलान्यास समारोहमा विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनी सीएएमसीका अध्यक्षसहितको चिनियाँ टोली उपस्थित भएका छन्। साथै सत्तारुढ दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका पूर्वअध्यक्ष वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको उपस्थित भए।
प्रकाशितः २०७३ वैशाख १
वि.सं.२०७३ वैशाख १ बुधवार १६:२४ मा प्रकाशित