back
mega bank Ad
Hero Ad

जापानमा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

काठमाडौं । जापानको दक्षिणी क्षेत्र कुमामोटोमा शुक्रबार ७.३ रिक्टर स्केलेका भूकम्प गएको छ ।

भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा मानिसहरु घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जापानी सरकारका अनुसार भूकम्पले भत्किएको एक भवनमा करीब ८० जना फसेका छन् । उनीहरु जीवित रहेको संभावना कम छ ।

उद्धारकर्मीहरु भूकम्पका कारण क्षतिग्रस्त भवनमा फसेका नागरिकलाई निकाल्न जुटेका छन् ।

भूकम्पको केन्द्रको नजिक रहेको कुमामोटो शहरका अस्पतालमा क्षति पुगेपछि खाली गरिएको छ । उक्त क्षेत्रमा अन्य भवनहरुमा समेत क्षति पुगेको छ । यसअघि बिहीबार आएको भूकम्पमा परी नै जनाको मृत्यु भएको थियो ।

भूकम्पपछि सुनामी आउने खतरा जनाइएपनि अहिले भने खतराको सूचक हटाइएको छ ।

जापान भूकम्प प्रभावित क्षेत्र हो । जहाँ सन् २०११ मा आएको भूकम्पका कारण फुकुशिमा परमाणुमा क्षति पुगको थियो भने सुुनामीमा परि सयौंको मृत्यु भएको थियो ।

प्रकाशितः २०७३ चैत्र ४

वि.सं.२०७३ वैशाख ४ शनिवार १२:०९ मा प्रकाशित

You can share this post!

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा...

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

मध्यरातमा मेसेज गरेर २७ सय कर्मचारी बर्खास्त

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:३२

एजेन्सी,न्युयोर्क । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा...

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:५९

एजेन्सी,किभ ।  रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे ।...

जलवायु परिवर्तनका कारण हजारौँ टन अज्ञात व्याक्टेरिया जम्माः अध्ययन

जलवायु परिवर्तनका कारण हजारौँ टन अज्ञात व्याक्टेरिया जम्माः अध्ययन

वि.सं.२०७९ मंसिर ११ आइतवार १२:५२

एजेन्सी, न्युयोर्क । जलवायु परिवर्तन भनेको हामीमा पर्ने प्रभावको परिमाणको...