
ललितपुर । साझा यातायातले ललितपुरको पुल्चोकमा बहुउद्येश्यीय भवनसहितको दक्षिण एसिया केन्द्र निर्माण गर्ने भएको छ । सरकारले नौ करोड रुपैयाँ ऋणलाई सेयरमा रुपान्तरण गरेपछि साझाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सहितको भवन निर्माण गर्ने नीतिगत निर्णय गरेको हो ।
साझाले अहिले आफ्नो पेट्रोल पम्प रहेको क्षेत्रमा रहेको २२ रोपनी जग्गामा यस्तो भवन बनाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात संचालन गरिरहेको साझाले यो भवन बनाउन बोलपत्र आह्वान पनि गरेको छ।
५ बैशाख २०७३, ११.००
वि.सं.२०७३ वैशाख ५ आइतवार १२:१९ मा प्रकाशित