
काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकमा सेयरका लागि हितग्राही अर्थात डिम्याट खाता खोलेकाहरुले मोवाइल एप्सबाट नै खाताको विबरण हेर्न सक्ने भएका छन् ।
यस अघि नै ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट एप्सलाई परिमार्जन गरि डिम्याट खाताको विबरण पनि सोही एप्सबाट हेर्न सकिने बनाइएको हो । यसका लागि ग्लोबल आइएमई क्यापिटलमा डिम्याट खाता भएका लगानीकर्ताहरुको ग्लोबल आइएमई बैंकमा बैंक खाता पनि हुनु पर्ने क्यापिटलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
‘नवबर्ष २०७३ सालको सुखद अवसरमा यस ग्लोवल आइएमई क्यापिटल लि। तथा ग्लोवल आइएमई बैंक लि।मा हितग्राही खाता खोल्नु भएका सम्पूर्ण लगानीकर्ता महानुभावहरुलाई हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दै नव वर्षको उपलक्ष्यमा Global Smart Mobile Banking बाटै आफ्नो हितग्राही खाताको विवरण प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं । उपरोक्त सुविधा प्राप्त गर्न ग्लोवल आइएमई बैंक लिमिटेडमा अनिवार्य रुपमा बैंक खाता हुनुपर्ने व्यहोरा समेत सम्बन्धित सबैको लागि जानकारी गराउँदछौं ।’ क्यापिटलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
६ बैशाख २०७३, ११।००
वि.सं.२०७३ वैशाख ६ सोमवार ११:२३ मा प्रकाशित