
काठमाण्डौं । यो साता सुनचाँदीको बजार मूल्य बढेको छ। चाँदीको मूल्य साताभर ४.० प्रतिशतले बढेको छ भने सुनको मूल्य ०.९१ प्रतिशतले बढेको छ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य ५४ हजार ५ सय रुपैयाँ रहेको थियो। मंगलबारसम्म सोही मूल्यमै कारोबार भयो। बुधबार १ सय रुपैयाँले घटेको सुन बिहिबार पुनः ६ सय रुपैयाँले बढेर ५५ हजार रुपैयाँ कायम भयो। सो मूल्य कारोबारको अन्तिम दिनसम्म पनि कायम रह्यो।
त्यस्तै चाँदीको मूल्य आइतबार प्रतितोला ७ सय ४५ रुपैयाँ रहेकोमा बुधबारसम्म आइपुग्दा ७ सय ५० रुपैयाँ पुग्यो। बिहिबार २५ रुपैयाँले बढेर ७ सय ७५ रुपैयाँ कायम भएको चाँदी अन्तिम दिन शुक्रबारसम्म पनि सोही मूल्यमा स्थिर रह्यो।
प्रकाशितः २०७३ वैशाख ११
वि.सं.२०७३ वैशाख ११ शनिवार ११:३७ मा प्रकाशित