back

आयो १७ लाख कित्ता सेयर, ६० करोड कारोबार हुने अनुमान

Kumari bank ad

काठमाण्डौं । नेपाल बैंकले आफ्नो नाममा रहेको दुई कम्पनीको ठूलो परिमाणको शेयर बेच्न सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले नेपाल ईन्स्योरेन्सको १३ लाख ५० कित्ता मध्ये १० लाख कित्ता र तारा गाउँ रिजेन्सी होटलको ७ लाख कित्ता शेयर बेच्न सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको हो । सिद्धार्थ क्यापिटलले शेयर बिक्रीका लागि चाँडै नै सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको बुझिएको छ ।

नेपाल बैंकले नेपाल ईन्स्योरेन्सको १० लाख कित्ता संस्थापक शेयर न्युनतम मूल्य ४०० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारणलाई बेचेको मोडलमा नेपाल ईन्स्योरेन्सको शेयर बेचिने भएको छ । यस शेयर बिक्रीबाट नेपाल बैंकले कम्तिमा ५० करोड आम्दानी गर्ने अपेक्षा गरिएको छ । शेयर बिक्रीका क्रममा मुल्य बढेर आबेदन भएमा यो रकम अरु थपिने संभावना छ । त्यसैगरी तारागाउँको शेयर बिक्रीबाट १० करोड भन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ ।

१२ बैशाख २०७३, ३।००

वि.सं.२०७३ वैशाख १२ आइतवार १६:२३ मा प्रकाशित

You can share this post!

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १३:१५

काठमाडौं । इसेवाले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ...

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

वि.सं.२०८० मंसिर १८ सोमवार १२:५३

काठमाडौं । ललितपुर स्थित झम्सिखेल स्थित प्रधान कार्यालय रहेको यस...

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

वि.सं.२०८० मंसिर १८ सोमवार १२:४५

मेडक, १८ मङ्सिर : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

वि.सं.२०८० मंसिर १८ सोमवार १२:२२

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने ...

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

वि.सं.२०८० मंसिर १८ सोमवार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उन्नती सहकार्य लघुवित्तको...

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

वि.सं.२०८० मंसिर १८ सोमवार ११:५९

सिमकोट, (हुम्ला) १८ मङ्सिर : हुम्लामा आज बिहानैदेखि हिमपात सुरु...