back
SKIP
prime bank ad

…जब संचारमन्त्रीकै गला अबरुद्ध भयो

Kumari bank ad

काठमाडौँ, १२ बैशाख । ठीक एक बर्ष अघि अर्थात गएको बैशाख १२ गते मृत्युको मुखमा पुगेका थिए भक्तपुरका सोनिस अवाल । २२ घण्टापछि नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको टोलीले उनलाई सकुशल उद्दार गरे । त्यसपछिका दिनमा सँधै चर्चाको केन्द्रमा रहेका सोनिस अवाल आइतबार राजधानीमा आफ्नो जीवन बिमाको प्रमाण पत्र थाप्दै थियो । प्रसंग जुराइदिएको थियो– चर्चित वृत्तचित्र भाग्यले बाँचेकाहरुले ।

भाग्यले बाँचेकाहरुका पात्र समेत रहेका सोनिस संचारमन्त्री शेरधन राई, नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्की, नेपाल लाइफ इन्स्योरेन्सका सिइओ विवेक झा, वृत्तचित्रका निर्देशक गणेश पाण्डे तथा उनका उद्दारक दीपक राई र विकास केसीबाट जब संयुक्त रुपमा जीवन बिमाको प्रमाणपत्र थाप्दै थिए, उनी निकै खुसी मुद्रामा देखिन्थे । यी अबोध बालकलाई देख्दा धेरैको मन हर्षबिभोर बनेको थियो ।

यस्तै पीडामिश्रित क्षण बनेको अर्घाखाँचीका ऋषि खनाल, दैलेखका रमेश खत्री र मकवानपुरकी प्रिया विश्वकर्मालाई जीवन बिमाको प्रमाणपत्र थमाउँदा । कार्यक्रममा भाग्यले बाँचेकाहरुमा पात्रका रुपमा समावेश गरिएका पात्रहरुलाई सम्मान मात्र गरिएन, उद्दारकहरु सशस्त्रका निरीक्षक लक्ष्मण बस्नेत र दीपक कोइराला तथा नेपाली सेनाका दीपक राई र विकास केसीलाई सम्मान पनि गरियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सञ्चारमन्त्री राई धेरै बोल्नै सकेनन् । ‘‘डकुमेन्ट्री एकदमै भावनात्मक खालको रहेछ । मेरो गला अवरुद्ध भयो । भावुक बनायो । व्यवस्थित हिसाबले म बोल्नै सकिन ।’– संचारमन्त्री राईले बोल्ने क्रममा भने ।

भाग्यले बाँचेकाहरुले विनाशकारी भूकम्पको प्रभाव देखाएको र प्रभावित सम्पूर्ण ठाउँहरुको प्रतिनिधित्व गरेको मन्त्री राईले बताए । ‘धेरै मान्छेले पूर्नजीवन पाएको कुरा, नेपालीहरुले त्यति ठूलो विपत्तिको सामना गरेको, प्रहरी सेनाको सक्रियता, जोखिम मोलेर मान्छेहरु उद्दार गरेको क्षण निकै साहसिक देखिन्छ’ उनले भने– ‘यी कुराले मेरो मन छोयो । साथै अन्तर्राष्ट्रिय जगतमा ध्यान आकृष्ट गरेको कुरा पनि महत्वपूर्ण छ ।’

यस्ता खाले डकुमेन्ट्रीले देशको विपत्तिलाई विदेशमा पनि प्रत्यक्ष देखाएको भन्दै मन्त्री राईले आगामी दिनहरुमा प्रत्यक्ष घटनासम्बन्धि वृतचित्र बन्यो भने समग्र राष्ट्रनिर्माणमा सहयोग पुग्ने धारणा राखे ।

यसैगरी डकुमेन्ट्री हेर्न पुगेका नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी ताराबहादुर कार्कीले भाग्यले बाँचेकाहरु वृत्तचित्रले हरेक पक्षलाई समेटेको बताए । ‘डकुमेन्ट्री एकदमै राम्रो बनेको छ । उद्दारको पक्षहरु, खुट्टा गुमाएका पात्र, सानो बच्चा (सोनिस अवाल) त्यत्रो घटना भएर पनि सकुसल उद्दार भएको लगायत प्राय सबै राम्रो मन छुने छ’ उनले भने– ‘यसले भावुक बनायो ।’

डकुमेन्ट्रीमा काठमाडौं उपत्यका, भूकम्पको केन्द्रविन्दु बारपाक र बाहिरका प्रभावित जिल्ला पनि समेटिएकोमा उनले प्रशंसा पनि गरे । ‘एकदमै राम्रो छ । यसले अन्तर्राष्ट्रियस्तरमा त्यसै अवार्ड पाएको नरहेछ’ सेनाका प्रवक्ता कार्कीले भने ।

सशस्त्र प्रहरी प्रवक्ता डीआइजी शैलेन्द्र खनालले वृत्तचित्र एकदमै राम्रो बनेको बताए । ‘भूकम्पमा कहाँ के भयो र कसरी उद्दार गरियो भन्ने सबै कुरा यो डकुमेन्ट्रीमा पाएँ । उद्दार र सुरक्षाकर्मीले गरेको साहसी काम पनि उतिकै बेजोड पाइयो,’ उनले भने– ‘यसले मान्छेलाई सहयोग गर्न अभिप्रेरित गर्छ । सहयोग पुगाउँछ ।’

भाग्यले बाँचेकाहरुका निर्देशक अमेरिकामा च्यारिटी शोबाट संकलित रकमबाट दुई जना र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट २ जना गरी चार जनालाई एक–एक लाख रुपैँयाको जीवन बिमा गर्न सफल भएको बताए । चार महिनाअघि अमेरिकाको कोलोराडोमा भएको प्रदर्शनीमा पासाङ शेर्पा दम्पत्ती, राजेन्द्र कार्की तथा अमेरिकी नागरिक डेभ र जोन केन्डीले भाग्यले बाँचेकाहरु टिमलाई दुई लाख रुपैँया सहयोग गरेको उनले जानकारी दिए ।

भाग्यले बाँचेकाहरुले अन्तर्राष्ट्रिय जगतमा अवार्ड जितिरहँदा त्यसको प्रतिफल यसका पात्रहरुलाई पनि दिन चाहेको उनले बताए । भूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा बनेको भाग्यले बाँचेकाहरुले ६ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।

वि.सं.२०७३ वैशाख १२ आइतवार २१:३१ मा प्रकाशित

You can share this post!

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

वि.सं.२०८० असोज ११ बिहीवार २०:००

गण्डकी, ११ असोज : साझा प्रकाशनको केन्द्र र देशभरका शाखा...

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

वि.सं.२०८० असोज ११ बिहीवार १९:५३

विक्रम गिरी हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद,...

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

वि.सं.२०८० असोज ११ बिहीवार १६:२२

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको...