back

क्याराभानका नायकको घोडाले लियो ज्यान

डोल्पा । चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप को निधन भएको छ। माथिल्लो डोल्पाका अगुवा समाजसेवी समेत रहेका थिन्लेको हिजो आइतबार निधन भएको हो।

घोडामा डोल्पा सदरमुकाम दुनैबाट छिप्का जाँदै गर्दा थिन्लेको घोडालाई खच्चडले धक्का दिएपछि उनी घोडासँगै लडेका थिए।

घोडाको घटनास्थलमै मृत्यु भए पनि थिन्ले जिवितै थिए। केही पर्यटकले उनलाई लडेको देखेपछि छिप्का ल्याएका थिए। उपचारको लागि हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी हुँदै गर्दा साँझ साढे ५ बजेतिर थिन्लेको निधन भयो ।

उनी विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनय बाट चर्चित बनेका हुन्। यो चलचित्र माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली ले निर्माण गरेका थिए।

१३ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख १३ सोमवार १०:३५ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...