back

बैंकहरुलाई थोत्रा नोट चलाउन र स्टीच नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले नोटमा स्टीच नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले लिएको सफा नोट नीतिलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गराउन परिपत्र जारी गर्दे बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

यस्तै सर्वसाधारणलाई भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोट मात्रै भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो संस्थामा प्राप्त नोटहरुलाई चलनचल्तीमा पठाउन योग्य र अयोग्य छुट्टयाउन, चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा अनिवार्य रुपमा बैंकको नाम, नोट गन्ती गर्ने कर्मचारीको नाम, सही र छापसहित सेतो रंगको स्लिप मात्र प्रयोग गर्न राष्ट्र बैंकले भनेको छ ।

‘यसरी सर्टिङ गरिएको नोटको प्याकेटमा स्टिचको प्रयोग नगर्ने, यसमा आवश्यकता अनुसार रबररप्लाष्टिक÷पेपर बैण्ड प्रयोग गर्न सकिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । नोटमा केरमेट नगर्ने र जथाभावी च्यात्ने कार्य नगर्नेरनगराउने ब्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

यस्तै सर्वसाधारणलाई भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोट मात्रै भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ । चलनचल्तीमा पठाउन अयोग्य नोट सर्वसाधारणलाई भुक्तानी दिन प्रयोग नगर्न राष्ट्र बैंकले भनेको छ ।

१४ बैशाख २०७२, ७।००

वि.सं.२०७३ वैशाख १४ मंगलवार ११:०४ मा प्रकाशित

You can share this post!

भव्य फ्यान फेस्टसहित रियलमीले गर्योे रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

भव्य फ्यान फेस्टसहित रियलमीले गर्योे रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

वि.सं.२०८० असोज ७ आइतवार १७:१७

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५...

आइएमई मार्फत  सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत  सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

वि.सं.२०८० असोज ७ आइतवार १७:०७

काठमाडौँ ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा...

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

वि.सं.२०८० असोज ७ आइतवार १७:०२

काठमाडौं मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ असोज १० गते बुधबार...

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

वि.सं.२०८० असोज ७ आइतवार १६:५६

काठमाडौं । भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति...

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, दुई खर्ब ३३ अर्ब ३० करोड व्यापार घाटा 

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, दुई खर्ब ३३ अर्ब ३० करोड व्यापार घाटा 

वि.सं.२०८० असोज ७ आइतवार १६:४८

काठमाडौँ, ७ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती...

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

वि.सं.२०८० असोज ७ आइतवार १६:४१

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा...