back
mega bank Ad
Hero Ad

टोकियोमा ‘म्युजिक मेला’ को सम्पुर्ण तयारी पुरा, कलाकारहरु आज जापान जाँदै

टोकियो । जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

मिडिया म्यासेज प्रालि जापानको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आइतबार म्युजिक मेलाको आयोजना गर्न लागिएको हो ।

म्युजिक  मेलाको सम्पुर्ण  तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए ।

म्युजिक मेलाका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय ’एनएसके’, सहिमा श्रेष्ठ, नविन पौडेल जापान आउँदैछन् । साथै हाँस्य कलाकार कुमार श्रेष्ठ फर्सिलाल को समेत विशेष प्रस्तुती रहनेछ । कलाकारहरु प्रस्तुतकिा लागि जापान प्रस्थान गर्दैछन् ।

कार्यक्रम मे १ तारिखमा टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा हुनेछ । मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा प्रा.लिले अनुरोध गरेको छ । कार्यक्रमको जापानका लागि कार्यवाहक नेपाली राजदुत गेहेन्द्रबहादुर राजभण्डारीले उद्घाटन गर्नेछन् ।

म्युजिक मेलाका टिकटहरु जापानको टोकियोका विभिन्न स्थानमा टिकट विक्री भइरहेको निउरेले जानकारी दिए । मिडिया म्यासेज प्रालिद्वारा सञ्चालीत नेपाल सन्देश डटकम जापानमा रहेका नेपालहिरुका बीचमा लोकप्रिय रहेको छ ।

प्रकाशितः २०७३ वैशाख १७

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १०:१३ मा प्रकाशित

You can share this post!

महापुरूष: चार सातामा कमायो १० करोड

महापुरूष: चार सातामा कमायो १० करोड

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:४८

काठमाडौं । पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश...

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

वि.सं.२०७९ असोज २६ बुधवार ११:४५

लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)...