
काठमाडौं । यो साताभर सुन तोलामा १५ सय रुपैयाँले महँगिएको छ ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आइतबार ५४ हजार ८ सय, सोमबार ५४ हजार ९ सय, मंगलबार ५५ हजार १ सय, बुधबार ५५ हजार २ सय, बिहिबार ५५ हजार ३ सय हुँदै अन्तिम दिन शुक्रबार मात्रै प्रतितोला १२ सय रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै यो साता चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७७५ रुपैयाँ रहेकोमा यो साताको अन्तिम दिन शुक्रबार प्रतितोला ८ सय रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशितः २०७३ वैशाख १८
वि.सं.२०७३ वैशाख १८ शनिवार १३:५१ मा प्रकाशित