
काठमाण्डौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई २५ प्रतिशत हकप्रद सेयर दिने भएको छ। मंगलबार सम्पन्न भएको मेगा बैंकको पाँचौं साधारणसभाले हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो।
हकप्रद सेयर निष्काशनका लागि मेघा बैंकले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक समेत नियुक्त गरेको छ। बैंकमा आयोजित एक कार्यक्रममा, मेगा बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत अनुपमा खुन्जेलि तथा ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ नलिना श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।
२५ प्रतिशत हकप्रद सेयर निष्काशन पछि मेगा बैंकको चुक्ता पुँजी चार अर्ब पाँच करोड हुनेछ। हाल बैंकको २९ अर्ब निक्षेप र २६ अर्ब कर्जा प्रवाह रहेको छ।
बैंकले देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १४ सय स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।
२२ बैशाख २०७३, ९।००
वि.सं.२०७३ वैशाख २२ बुधवार ११:२६ मा प्रकाशित