
काठमाण्डौं । नेपाल बास्केटबल एसोसियसनका सिनियर भाइस प्रेसिडेन्ट नरेन्द्र थापालाई लाईफटाइम अचिभमेण्ट अवार्डले सम्मान गरिएकोछ । हिजो आयोजित एक कार्यक्रममा उनलाई सम्मान सहित नगद रु १ लाख ५० हजार दिइएको थियो ।
नेपाली बास्केटबल खेलको क्षेत्रमा योगदान पु¥याए वापत उनलाई सो सम्मान दिइएको हो । थापाले भर्खरै सम्पन्न भएको पहिलो महिला साबा बास्केटबल खेललाई प्रशंसनीय बनाउनमा उच्च भूमिका खेलेका थिए ।
सो अवसरमा नेपाल बास्केटलका अध्यक्ष टेन्डी शेर्पाले थापाको बास्केटबलका क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेका थिए भने थापाले आफू यो सम्मानबाट अत्यन्त भावविभोर भएको बताएका थिए ।
२२ बैशाख २०७३, १२।००
वि.सं.२०७३ वैशाख २२ बुधवार १४:१७ मा प्रकाशित