back
NMB ad

“भारतीय इसारामा रातारात सत्ता परिवर्तनको फोहोरी खेल” : बिजुक्छे

Kumari bank ad

जुम्ला, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गरेका छन् ।

नेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले पत्रकार भेटघाटमा यस्तो बताएका हुँ ।

उनले भने , “भारतीय नाकाबन्दीका कारण देशले रु २७ खर्ब क्षति व्यहोर्नु पर्यो, भारत सरकार, भारतीय एकाधिकार पुँजीले नेपाललाई असर पार्दैछ र भारतको इसारामा नाच्ने ठूला दलका नेता खोक्रो राष्ट्रवादको नारा दिन्छन् ।”

“भारतीय इसारामा अहिले नेपालमा रातारात सत्ता परिवर्तनको फोहोरी खेल सुरु भएको छ । तर जनतालाई नसोधेर जे गर्न चाह्यो त्यो छुट नेतामा छैन”, उनले थपे । छ महिने सरकारले देशको अर्थतन्त्र उँभो नलाग्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेले शासक घरीघरी फेर्ने प्रवृत्तीले जनताले फेरि दुःख पाउँदैछन् भने ।

विदेशीसंग झुक्दै गए लुक्ने ठाउँ नै नहुने र देश डुब्ने परिवेशमा पुग्ने तर्क गर्दै अध्यक्ष बिजुक्छेले जनताका प्रतिनिधिले देश विकासका लागि संसद्मै बोल्न आग्रह गरे ।

कार्यक्रममा व्यवस्थापिका संसद सदस्य डिल्लीप्रसाद काफ्ले, नेमकिपाका केन्द्रीय सदस्यहरु जयबहादुर शाही, हरिसुन्दर वासी, सरोजराज गोसाईं, नेक्राविसंका अध्यक्ष निरज लवजु, नेक्राशिसंका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालको पनि सहभागिता रहेको थियो ।

वि.सं.२०७३ वैशाख २३ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै   

सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै   

वि.सं.२०८१ असार २९ शनिवार ०७:४३

चितवन, २९ असार : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा...

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८१ असार २९ शनिवार ०७:३८

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी   

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी   

वि.सं.२०८१ असार २९ शनिवार ०७:२५

मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज...

यस्तो छ, आज २९ आषाढ २०८१ शनिवारको दैनिक राशिफल

यस्तो छ, आज २९ आषाढ २०८१ शनिवारको दैनिक राशिफल

वि.सं.२०८१ असार २९ शनिवार ०७:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

वि.सं.२०८१ असार २८ शुक्रवार २०:५७

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक...

चेम्बर अफ कमर्सद्वारा मौद्रिक नीतिमा ३९ बुँदे सुझाव पेस   

चेम्बर अफ कमर्सद्वारा मौद्रिक नीतिमा ३९ बुँदे सुझाव पेस   

वि.सं.२०८१ असार २८ शुक्रवार २०:४९

काठमाडौँ, २८ असारः नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको...