back

दुईजना होटल मजदुरको हत्या, एक घाइते

Kumari bank ad

भीमदत्तनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको गएराति हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन् ।

गएराति करिब १२ बजे सङ्गम होटलमै काम गर्दै आएका बाजुराका २० वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटल भित्रै हत्या भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण चन्दले जानकारी दिए ।

त्यसैगरी, अर्का होटलमै काम गर्ने दोधारा चादँनी घर भएका ४२ वर्षीय पदमराज जोशी गम्भीर घाइते भएका छन् । घाइतेलाई प्रहरीले राति नै उपचारका लागि कोहलपुर लगेको छ । हत्यामा घरेलु हतियार प्रयोग भएको समेत प्रहरीले जनाएको छ । मृतक रोकाया ६ महिना र मृतक विष्ट एक वर्षदेखि उक्त होटलमा काम गर्दै आएका थिए ।

प्रहरीले घटनाका बारेमा हत्या लगत्तैदेखि विस्तृतमा अनुसन्धान थालेपछि कुन पक्ष वा समूहबाट भएको भन्ने यकिन हुन सकेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनाल र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण चन्दको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । केही महिनाको अवधिमा यहाँका विभिन्न स्थानमा गरी चार जनाको हत्या भइसकेको छ ।

२४ वैशाख २०७२

वि.सं.२०७३ वैशाख २४ शुक्रवार १२:१७ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...