
काठमाण्डौं । राजधानीको भृकुटीमण्डपमा १३ औँ हस्तकला व्यापार मेला सुरु भएको छ। मेलामा भारत, बंगलादेश, भुटान, अफगानस्थानसहित नेपालको गरी १ सय ७७ वटा स्टल रहेको नेपाल हस्तकला महासंघले जनाएको छ।
काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुर्ती र ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेशा, बाँसका सामान प्रदर्शनीमा राखिएका छन्। महासंघले २०४८ सालदेखि मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई विकसित गरी समुन्नत बनाउने, मौलिक कलाको खोजीनीति गर्न हस्तकला प्रदर्शनी गर्दै आएको छ ।
हिजो बिहीबार मेलाको उद्घाटन उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले गरेका थिए । मेला वैशाख २७ गते सम्म चल्ने छ। नेपालमा उत्पादित हस्तकलाका सामानको अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, जापान, चीन, भारतलगायत ८० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ।
तीन लाख आगन्तुक आउने अनुमान गरिएको सो मेलामा १० करोडभन्दा बढीको कारोबार हुने लक्ष्य महासंघले राखेको छ।
२४ बैशाख २०७३, ८।००
वि.सं.२०७३ वैशाख २४ शुक्रवार १२:२९ मा प्रकाशित