
काठमाण्डौं । पानामा पेपर्सले सार्वजनिक गरेको अफसोर कम्पनी भएका व्यक्तिको दोस्रो चरणको नामावलीमा सात नेपालीको नाम समेटिएको छ।
अन्तर्राष्ट्रिय खोज पत्रकार समुह (आइसिआइजे) ले सार्वजनिक गरेको पछिल्लो सूचीमा गैरआवासीय नेपाली संघ –एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द महतोको नाम पनि छ । पूर्वीय सोभियत संघ र रसियाबाट आफ्नो ब्यापार शुरु गरेका उपेन्द्र महतो एनआरएन नेपालका पूर्वअध्यक्ष हुन् ।
त्यसैगरी चौधरी ग्रुपका अरुणकुमार चौधरीले उसाइन लिमिटेडमा सेयर होल्ड गरेको पानामा पेपर्सले जनाएको छ । त्यस्तै सिला चौधरी, रणकुमार चौधरी, सुर्वशकुमार चौधरी उसाइनकै सेयर होल्डर हुन् । व्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको सो कम्पनीकमो ठेगाना बेलायतमा राखिएको छ भने चौधरीको घर दक्षिण अफ्रिका बताइएको छ ।
त्यसैगरी डोल्मा नवाङ, उमादेवी सिंघानिया, रिनुका प्रधान, रेखा काब्रा, डा. श्यामकुमार कर्माचार्य, शशिकान्त अग्रवाल, हरिशकुमार तोडी, विजेशकुमार तोडी अग्रवाल, प्रा. शत्यन्द्रकुमार गुप्ता , विमलकाजी ताम्राकार, विजेन्द्र जोसी, विनु श्रेष्ठ, विश्वासवरसिंह थापा र राजेन्द्रकुमार काव्राको नाम सार्वजनिक भएको छ ।
प्रकाशितः २०७३ वैशाख २८
वि.सं.२०७३ वैशाख २८ मंगलवार १०:४२ मा प्रकाशित