
काठमाण्डौं । मेरो माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड भोलि हुने भएको छ। माग गरिएको संख्याभन्दा १ सय ९५ गुणा बढी आवेदन परेपछि साना लगानीकर्ता सबै गोलाप्रथाबाट छानिने भएका छन्।
२ लाख ३० हजार भन्दा कमको सेयर माग गर्ने लगानीकर्ताहरु पनि गोलाप्रथाबाटै छानिने छन्। गोलाप्रथाबाट छानिएका आवेदकले कम्पनीको १० कित्ता सेयर मात्रै पाउने छन्। अधिकतम सेयर माग गर्ने आवेदकले भने ०. ४१ प्रतिशत सेयर पाउने सम्बद्ध स्रोतले जनाएको छ।
यसअघिका कम्पनीहरुमा साना लगानीकर्ता लाभान्वित हुँदै आएकोमा यो कम्पनीबाट भने ठूला लगानीकर्तालाई बढी फाइदा हुने देखिएको छ।
६ लाख १२ हजार कित्ता सेयरका लागि विक्री खुला गरिएको थियो। १ लाख ६८ हजारले आवेदन दिँदा १२ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको थियो। सेयर बिक्री बन्द भएको ५० दिनभित्रमा बाँडफाँड भइसक्नुपर्ने प्रावधान रहे पनि बाँडफाँड झण्डै २ महिनापछि मात्रै हुने भएको हो।
प्रकाशितः २०७३ वैशाख २८
वि.सं.२०७३ वैशाख २८ मंगलवार १२:५१ मा प्रकाशित