
काठमाण्डौँ । अरब सागरबाट आएको जलवाष्पयुक्त हावा नेपाल भित्री स्थानीय वायुको सम्मिश्रणका कारण मौसममा परिवर्तन आएको छ । उक्त वायुको प्रभावले देशभर बदली हुनुका साथै अधिकांश भेगमा मेघ गर्जनसहित वर्षात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार बदलीसँगै मेघ गर्जनसहित वर्षात हुने क्रम अझै दुई दिन जारी रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउनेछ ।
खासगरी अहिले ‘प्रिमनसुन’ सक्रिय भएकाले पनि देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षात भएको मौसमविद् कँडेलले बताउनुभयो । मार्च, अप्रिल र मे प्रिमनसुनको अवधि भए पनि ढिलो गरी सक्रिय भएको हो ।
२९ बैशाख २०७३, १२।००
वि.सं.२०७३ वैशाख २९ बुधवार १४:४४ मा प्रकाशित