
काठमाण्डौं । गैर आवासीय नेपाली संघ बेलायतले नेपाल हाउस निर्माण गर्ने अभियान लाई तिब्रताका साथ अघि बढाएको छ । संघको गत सप्ताहान्त लण्डनमा कार्यसमिती तथा सल्लाहकार सहितको बैठकले नेपाल हाउस निर्माणको लागी रकम संकलन अभियान लाई औपचारिक रुपमा शुरु गरेको हो ।
एन आर एन युके कार्यसमिती पदाधिकारी तथा सदस्यहरुले कम्तिमा एक हजार पाउण्ड सहयोग गर्ने निर्णय संगै अभियान शुरुवातको पहिलो दिनमै एन आर एनका सल्लाहकार तथा आवद्द दाताहरु बाट करिब ७० हजार पाउण्ड को प्रतिवद्दता आइसकेको छ ।
१.५ मिलियन पाउण्डको अनुमानित लागतमा निर्माण गर्ने गरी प्रस्ताव गरिएको नेपाल घर परियोजनाको लागी बेलायतमा करिब डेढ हेक्टर प्लटको जग्गा खोज्ने कार्य समेत शुरु गरिएको छ । परम्पागत नेपाली शैलीको ढांचामा निर्माण गर्न लागिएको नेपाल हाउसले विदेशमा नेपालको चिनारी झल्काउने विश्वास एन आर एन को रहेको छ ।
६ जेठ २०७३, १।००
वि.सं.२०७३ जेठ ६ बिहीवार १४:२४ मा प्रकाशित