back
SKIP
prime bank ad

९ सय ५२ किलो प्याजको मूल्य डेढ रुपैयाँ

Kumari bank ad

शीर्षक पढ्दैमा अपत्यारिलो तथा बकवास लाग्नसक्छ । तर यो कुनै मनगढन्ते कुरा होइन । आखिर किसानहरुले मरीमरी गरेको दुख कसरी पानीमा बग्छ र हातलाग्यो शून्य हुन्छ भन्ने कुराको ससक्त उदाहरण हो ।

यो घटना भारतका हो । भारतको पूणेका एक किसानले ९ सय ५२ किलो प्याज बेच्दा उनको हातमा केवल १ भारु अर्थात् डेढ रुपैयाँ हात परेको छ ।

पूणेको शिरुर तहसिलको वडगाउँ सराइ गाउँमा बस्ने देवीदा मारुती नामक किसान प्याजको खेती गर्दछन् । केही दिनअघि उनले गुलटेकडी बजारमा ९ सय ५२ किलो प्याज बेचे । उनले १।६० भारु  प्रतिकिलोको भाउ पाए र ९ सय ५२ किलो प्याजको मूल्य १५ सय २३ रुपैयाँ २० पैसा पर्यो ।

तर देवीदासको हातमा रहन कहाँ पायो र त्यो रकम रु त्यसमध्ये उनले ९१ रुपैयाँ ३५ पैसा कमिसन दिनुपर्यो । प्याजको बोरा उठाउने मजदूरलाई ५९ रुपैयाँ दिए । बोरामा प्याज भर्ने कामदारका लागि १८ रुपैयाँ ५५ पैसा दिए भने प्याजको वजन गर्नका लागि ३३ रुपैयाँ ३० पैसा दिनुपर्यो ।

प्याजलाई गाडीमा बजारसम्म पूराउँदा उनको १३ सय ५० रुपैयाँ भारु खर्च भयो । यी सबै खर्च कटाउँदा उनको हातमा जम्मा १ रुपैयाँ भारु बचेको थियो । अर्थात् ९ सय ५२ किलो प्याज बेच्दा उनले जम्मा १ रुपैयाँ भारु हात पारे । उब्जनीको खर्च त आफ्नै ठाउँमा छ ।
३ छोरा र एक छोरीका पिता मारुतीले साढे ४ एक्कड जमिनमा प्याज खेति गर्दछन् । प्याज खेतिका लागि उनले बैंकबाट २ लाख भारु कृषि कर्जा लिएका थिए । २ लाख लिएर गरेको प्याजखेतिबाट १ रुपैयाँ मात्र आर्जन भएपनि उनी ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

प्रकाशितः २०७३ जेठ १२

वि.सं.२०७३ जेठ १२ बुधवार ११:०८ मा प्रकाशित

You can share this post!

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...