
काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारणसभाले २५ प्रतिशत बोनश र कर प्रयोजनार्थ १।३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । हिजो मंगलबार राजधानीमा सम्पन्न कम्पनीको चौधौ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ८५ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको चुक्ता पूँजीमा २२ करोड थपिएर एक अर्ब ७ करोड नाघ्ने छ । बोनश वितरणपश्चात जीवन बीमा कम्पनीहरुको क्षेत्रमा चुक्ता पूँजीको हिसावले दोस्रो कम्पनी बन्ने भएको छ ।
१२ चैत २०७३, ९.००
वि.सं.२०७३ जेठ १२ बुधवार ११:१५ मा प्रकाशित