back
NMB ad

नेपाल लाईफको सेयर रोक्न धितोपत्र बोर्डको निर्देशन, आइतबारदेखि रोक्का हुने

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्ने निर्देशन दिएको छ । बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई आज शुक्रबार पत्र पठाएर सेयर कारोबार रोक्न निर्देशन दिएको हो ।

बोर्डमा आवेदन नै नदिई कम्पनीले सूचना जारी गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न बोर्डले निर्देशन दिएको हो । पहिले नै सूचना प्रकाशित गर्दा बजार मूल्यमा चलखेल हुनसक्ने र अनुमति लिने प्रक्रिया नै सुरु नगरी सूचना प्रकाशित गर्दा लगानीकर्ता ठगिन सक्ने भन्दै धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो ।

नेपाल लाइफले ३१ लाख कित्ता सेयर जारी गर्न लागेको बताएको थियो । जसका लागि प्रति कित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने जनाएको थियो । १०० रुपैयाँ अंकित दरको सेयरमा कम्पनीले २८५१ रुपैयाँ प्रिमयम जोडेको हो । कम्पनीले यस्तो सूचना सार्वजनिक गरेपछि पुँजीबजारमा सेयरको मुल्यमा प्रतिकित्ता चार सय रुपैयाँले बृद्धि भएको थियो ।

बोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारिक रुपमा मूल्य निर्धारण नगराई, बजारलाई प्रभावित गर्ने हिसावले सूचना दिएको कारण कारोबार रोक्नु पर्ने उल्लेख गरिएको छ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीको शेयर कारोबार आइतबारदेखि रोक्का हुने जनाएको छ ।

२८ जेठ २०७३, ५।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार १७:०४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...