back
NMB ad

कानून मिचेर पैसा कमाउनेमा चौधरीदेखि गोल्छासम्म !

Kumari bank ad

काठमाण्डौं । नेपालका हाइप्रोफाइल व्यक्तिहरुले नेपाली कानून मिचेर विदेशमा कर छल्दै कारोबार गर्ने गरेको भेटिएकोछ । अन्तर्राष्ट्रिय खोजमूलक पत्रकारहरुको संस्था आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा भेटिएका केही नाममा चौधरी, गोल्छा सहित अन्य हाइप्रोफाइल नेपालीहरु पनि रहेका छन् ।

खोजमूलक पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले सन् २०१३ मा सार्वजनिक गरेको अफसोर लिक्स र गएको सोमबार मध्यरात सार्वजनिक गरेको पनामा पेपर्स लिक्सलाई अहिले एउटै डेटाबेसमा सजिलै खोज्न मिल्ने गरी राखिएको छ। त्यसैकारण पहिले नदेखिएका नामहरु पनि अहिले देखिएका हुन्।

सो लिष्टमा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीका छोरा वरुण चौधरी, पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यका रुपमा मनोनीत उद्योगपति दीवाकर गोल्छाकी बहिनी उषा गोल्छा कन्करिया, एक कन्टिनेन्टल ग्रुपका संस्थापक अध्यक्ष सुहृदराज घिमिरे, सुह्रदराज घिमिरेका व्यवसायिक साझेदार पुरुषोत्तम पौडेल, नबिल बैँकका सिइओ ससिश जोशीका दाजु नवीन्द्र जोशी लगायतको नाम रहेकोछ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेको भए तापनि सबै नेपाली नागरिक र नेपालभित्र स्थापित भएको संगठित संस्थाहरुले विदेशमा कुनै किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ।

१ असार २०७३, १०.००

वि.सं.२०७३ असार १ बुधवार ११:२८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...