काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको अफगानी गृहमन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । विज्ञप्तीका अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् ।
तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५.४० बजे आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हो भने ९ जना घाइते भएका छन् ।
मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ ।
तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन्।
विस्फोटमा के–कति मानवीय क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन ।
प्रकाशितः २०७३ असार ६
वि.सं.२०७३ असार ६ सोमवार १२:०८ मा प्रकाशित