काठमाण्डौं । सुनको मूल्य आज मंगलबार चार सय रुपैयाँ घटेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साताको शुक्रबार एकैदिनमा तीन हजार रुपैयाँ बढेर ५९ हजार पुगेको सुन आईतबार ५ सय घट्दै ५८ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै सोमबार फेरि २ सय बढेर ५८ हजार ७ सय पुगेको सुन आज ४ सय घट्दै ५८ हजार ३ सय रुपैयाँ कायम भएको हो।
बेलायत यूरोपियन यूनियनबाट बाहिरीने भएसँगै सुनको मूल्यमा उतारचढाव आइरहेको छ।
चाँदीको मूल्य आज पनि स्थिर रहँदै ८ सय १५ रुपैयाँमै कारोबार भईरहेको छ ।
प्रकाशितः २०७३ असार १४
वि.सं.२०७३ असार १४ मंगलवार १२:०१ मा प्रकाशित