back
Kumari Bank

मासिक साठी लाखको दूधको कारोबार

Nepal Bank

बाबियाचौर (म्याग्दी) । बेनी बजारमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको छ ।

दूग्ध व्यवसायी सङ्घ बेनीका अनुसार बेनीमा दैनिक दुई हजार ५०० लिटर दूध खपत हुन्छ । दुई हजार लिटर डेरी पसलबाट र ५०० लिटर कृषकले सिधै ग्राहकको घरमा लगेर दूध बेच्ने गरेका सङ्घका अध्यक्ष कोषानन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतिलिटर रु ६५ मा कृषकबाट खरिद हुने दूध रु ८० का दरले बिक्री हुने गरेको छ । मासिक ७५ हजार लिटर दूध खपत हुने बेनीमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको छ ।

बेनीमा ३९ वटा दूध डेरी रहेका छन् । ७० प्रतिशत म्याग्दी र ३० प्रतिशत पर्वतको माझफाँट, लेकफाँट गाविसबाट दूध आयात हुने गरेको छ । सिङ्गा, बरङ्जा, ज्यामरुककोट, अथुङ्गे, बास्कुना र घतानका कृषकले बेनीमा दूध बिक्री गर्दै आएका छन् ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १५:१३ मा प्रकाशित

You can share this post!

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १८:२४

काठमाडौँ : दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले...

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

वि.सं.२०८२ असार १२ बिहीवार १८:१४

काठमाडौँ : नेपालमा आयोजना हुने सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव...

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

वि.सं.२०८२ असार १२ बिहीवार १७:४५

काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

वि.सं.२०८२ असार १२ बिहीवार १७:१९

काठमाडौं । नेपाल आयल निगमले विशेष साधारण सभा बोलाएको छ...

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

वि.सं.२०८२ असार १२ बिहीवार १६:५९

म्याग्दी : पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक...

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८२ असार १२ बिहीवार १६:४७

काठमाडौँ :  वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु...