back
NMB ad

जति दिन मन्त्रालयमा काम गर्छु, नटेर्नेलाई हटाइदिन्छु : पर्यटन मन्त्री

Kumari bank ad

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मन्त्रालयमा रहँदासम्म पर्यटनको विकास र हितमा काम गरिरहने दृढता व्यक्त गरेका छन् । नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) एयरपोर्ट इलाका कमिटीद्धारा आयोजित एयरपोर्ट क्षेत्र विकास, सुधारका साथै सामाजिक सुरक्षा सम्बन्धी अन्तक्रियामा मन्त्री पोखरेलले मन्त्रीलाई नटेर्नेहरुलाई हटाईदिने चेतावनी दिए ।

उनले भने, ʽ बाहिर जति हल्ला भएपनि अहिले हामी अल्पमतमा छैनौं, जतिदिन मन्त्रालयमा हुन्छु मन्त्रालयको काम गर्छु, प्रधानमन्त्रीको राजीनामा नभएसम्म काम गर्छु, यदि कसैले मन्त्रीलाई टेरेन भने त्यसलाई हटाईदिन्छु ।ʼ

२ गते विमानस्थल सुधारबारे निर्देशन दिने

नीजि सेवा प्रदायकहरुलाई सुधार गर्न नसकेको स्विकार गर्दै पर्यटनमन्त्री पोखरेलले साउन २ गते विमानस्थल परिसर निरिक्षण गरि आवश्यक सुधारको निर्देशन दिने बताएका छन् । सामाजिक न्याय नगर्ने र श्रमिकले परिचयपत्र माग्दा लाजपूर्जा माग्ने ठेकेदारहरुको छानबीन गरि कारबाही गर्ने उनको चेतावनी छ ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले विमानस्थललाई विमानस्थल जस्तो बनाउने अभियानमा लाग्न आग्रह गर्दै ʽगलत गर्दैनौं तर सहँदैनौंʼ भन्ने मान्यता अनुरुप काम गर्न विमानस्थलका श्रमिकहरुलाई आग्रह गरे ।

त्यस्तै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपमहासचिव जनक चौधरीले सिङगो विमानस्थलमा कति कम्पनी छन् ?, कसले के कस्तो जिम्मेवारी लिएका छन ?, कुन उदेश्यले कसले के काम गरिरहेको छ ? कति श्रमिकहरु कार्यरत छन् ? लगायत यावत विषयलाई जिफन्टले अध्ययन गरेर एयरपोर्टको विकृति विसंङ्गती अन्त्यको अभियानमा आजैदेखि कार्य सुरु गरिने बताए ।

कार्यक्रममा यूनिट्राभका महासचिव सुमन पराजुलीले एयरपोर्टका श्रम समस्या लाई ७ दिनमा समाधान गर्न अल्टिमेटम दिंदै सो अबधिमा माग सम्बोधन नभए विमानस्थल नै ठप्प पार्ने चेतावनी दिए । उनले भने, ʽ७ दिनभित्र श्रमिकको समस्या समाधान भएन भने एयरपोर्ट बन्द गरिदिन्छौं, पर्यटनमन्त्री, प्रधानमन्त्री जो आएपनि एयरपोर्ट खुल्दैन । त्यसको जिम्मेवारी लिन सम्बन्धित निकायलाई आग्रह गर्दछौं। ʼ

राष्ट्रिय वायुसेवा निगम नेपाल वायुसेवा निगमले नै श्रमिकलाई मार्छ भने नेपाली जहाज किन चढ्ने भन्दै त्यसलाई अन्तर्राष्ट्रियकरण गरिने उनको चेतावनी थियो । जायज माग राख्दा राख्दै मजदुरलाई खेद्ने काम भयो भने त्यसलाई कानुनअनुसार तह लगाउने उनको भनाई थियो ।

कार्यक्रममा एयरपोर्टका श्रमिकहरुले नियुक्तिपत्र, न्यूनत्तम पारिश्रमिक, बीमा, सामाजिक सुरक्षा,संचयकोष लगायत विमानस्थल सुधारबारे बुँदागतरुपमा समेटिएको ज्ञापनपत्र पर्यटनमन्त्री आनन्द पोखरेलाइ बुझाएका थिए ।

प्रकाशित मिति ः २०७३ असार ३०

वि.सं.२०७३ असार ३० बिहीवार १३:२७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...