
काठमाण्डौं । बुटवल पावर कम्पनी लिमिटेडले अवितरित एक लाख ८८ हजार कित्ता सेयर बोलकबोलबाट बेच्ने भएको छ । यो कम्पनीले पनि सेयरको मूल्य न्युनतम एक सय रुपैयाँ तोकेको छ ।
लगानीकर्ताले यसमा मूल्य थपेर बोलकबोलमा भाग लिन पाउँछन् । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम एक लाख ८८ हजार ९३० कित्ताकै लागि आवेदन दिन पाउनेछन् ।
यो कम्पनीको सेयर विक्री प्रबन्धक एनएमबी क्यापिटल हो । साउन २१ गते देखि २६ गतेसम्म सेयर भर्न पाउने र साउन २७ गते सेयर बाँटफाट गर्ने जानकारी एनएमबी क्यापिटलले दिएको छ ।
वि.सं.२०७३ साउन ६ बिहीवार ११:४९ मा प्रकाशित