back
Mega Long Ad

विज्ञले भने ‘अनावश्यक हल्लाले सेयर बजारमा गिरावट’

काठमाडौँ, २५ साउन । अनावश्यक हल्लाका कारण सेयर बजारमा ‘अस्वभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् ।

मिडिया इन्टरनेसनलले मंगलबार आयोजना गरेको कार्यक्रमका वक्ताले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारण गौण रहेको बताएका हुन् ।
कार्यक्रममा सेयर विश्लेषक डा गोपाल भट्टले सेयर बजार अहिले वास्तविकतामा भन्दा हल्लाको भरमा चलिरहेको बताउँदै सेयर बजार अत्यन्त संवेदनशील हुनाले स–साना कुराले प्रभाव पारिरहेको उल्लेख गरे ।

ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेयर बजारको गिरावटमा आफूहरुको कुनै भूमिका नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लासँगै बजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण बजार अस्वभाविक रुपले ओरालिएको टिप्पणी गरे । उनले भने, “हाम्रो कार्यक्षेत्र अलि विस्तार होस् भनेर मागिरहेको छौँ”, “हामीलाई दोष लगाएर मात्र समस्याको समाधान हुँदैन ।”

लगानीकर्ता फोरमका सदस्य राजन लम्सालले धितोपत्र बोर्ड नियमनकारी निकाय हो कि सल्लाहकार भनेर छुट्याउन मुस्किल परेको बताए । नवगठित लगानीकर्ता सङ्घका अध्यक्ष उत्तम अर्यालले बजारमा उतारचढाव आइरहने भए पनि सोमबारको गिरावट अस्वभाविक र सुनियोजित रहेको टिप्पणी गरे ।

लगानीकर्ता फोरमका कार्यकारी सदस्य एवम् मेगा बैंकका निर्देशक दीपेन्द्र अग्रवालले धितोपत्र बोर्डको भूमिका अस्पष्ट र पक्षपाति रहेको आरोप लगाए । अघिल्लो सातादेखि ओरालो लागेको सेयर बजारमा यो साताको सुरुबाटै गिरावट आएको थियो ।

वि.सं.२०७३ साउन २५ मंगलवार १९:२३ मा प्रकाशित

You can share this post!

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

चन्द्रागिरी हिल्सका लगानीकर्ताले आज कति गुमाए त ?

चन्द्रागिरी हिल्सका लगानीकर्ताले आज कति गुमाए त ?

वि.सं.२०७८ असोज ४ सोमवार १६:३२

काठमाडौं । साताको पहिलो कारोबार दिन चन्द्रागिरी हिल्सको सेयर मूल्यमा...

कति पाउला त तेह्रथुम पावरको आईपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ? यस्तो छ संकेत

कति पाउला त तेह्रथुम पावरको आईपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ? यस्तो छ संकेत

वि.सं.२०७८ असोज ४ सोमवार १६:२६

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ भदौ २५ गते बाँडफाँट...

२ लाख ९१ हजार कित्ता बिक्री भयो आज निफ्राको सेयर, प्रतिकित्ता कति छ मूल्य ?

२ लाख ९१ हजार कित्ता बिक्री भयो आज निफ्राको सेयर, प्रतिकित्ता कति छ मूल्य ?

वि.सं.२०७८ असोज ४ सोमवार १६:१६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य फेरि घटेको छ...

फेरि घट्यो ज्योति लाइफको सेयर मूल्य, आज लगानीकर्ताले कति गुमाए ?

फेरि घट्यो ज्योति लाइफको सेयर मूल्य, आज लगानीकर्ताले कति गुमाए ?

वि.सं.२०७८ असोज ४ सोमवार १६:०२

काठमाडौं । साताको पहिलो कारोबार दिन ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको...

आज के भयो जीवन विकास लघुवित्तको सेयर ?

आज के भयो जीवन विकास लघुवित्तको सेयर ?

वि.सं.२०७८ असोज ४ सोमवार १५:४८

काठमाडौं । साताको पहिलो कारोबार दिन जीवन विकास लघुवित्त वित्तीय...