
काठमाण्डौं । आजबाट सेयर बजारमा मर्जर पुरा भएपछि सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार खुलेको छ । एकता विकास बैंक र नेपाल आवस फाइनान्ससंग मर्जर प्रकृया पुरा गरेपछि आज आइतबारदेखि सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर कारोबार खुलेको हो ।
गत जेठ २८ गतेदेखि नै बैंकको एकिकृत कारोबार सुरु भएको थियो । मर्जर पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैंया पुगेको छ । बैंकले गत आर्थिक वर्षमा ३३ करोड १३ लाख रुपैंया खुद नाफा कमाएको छ ।
३० साउन २०७३, ११।००
वि.सं.२०७३ साउन ३० आइतवार १२:०३ मा प्रकाशित