काठमाण्डौं । बुटवल पावर कम्पनीको लिलामीमा रहेको सेयर प्रतिकित्ता ८ सय २५ र सोभन्दा बढी कबुल गर्नेले सकारेका छन्। कम्पनीले बिक्री नभएको १ लाख ८८ हजार ९ सय ३० कित्ता हकप्रद सेयर मूल्य बढाबढमा बिक्रीका लागि लिलामीमा राखेको थियो।
साउन २६ गतेसम्म शिलबन्दी बोलपत्र माग गरिएको थियो। प्रतिकित्ता ८ सय २५ भन्दा माथि १ सय १३ जनाले मूल्य कबुल गरेका थिए। तिनै १ सय १३ जनाले लिलामीको सेयर सकारेको बिक्री प्रबद्र्धक एनएमबि क्यापिटलले जनाएको छ।
सेयर सूचीकरण भएपश्चात हितग्राही खातामा जम्मा गरिदिने र सेयर नपरेको रकम फिर्ता लिन आवेदकलाई क्यापिटलले आग्रह गरेको छ। बजारमा सो कम्पनीको बिहिबारसम्मको अन्तिम मूल्य प्रतिकित्ता ८ सय ४१ रुपैयाँ रहेको छ।
प्रकाशितः २०७३ भदौ १७
वि.सं.२०७३ भदौ १७ शुक्रवार १२:४० मा प्रकाशित