काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले जनता बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न गरेको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले जनता बैंकद्धारा प्रस्तावित एक करोड तीन लाख कित्ता हकप्रदको हिजो असोज १९ गते स्वीकृत गरेको हो ।
बैंकले गत आर्थिक बर्षमा साढे बत्तिस करोड खुद नाफा गरेकोछ । यसको प्रति सेयर आम्दानी १५ कायम छ भने अघिल्लो आर्थिक बर्षमा साढे १७ करोड रुपैयाँ जगेडा कोषमा छ । जनता बैंकको हाल चूक्ता पूँजी २ करोड ६ लाख रहेको छ ।
२० असोज २०७३, १२।००
वि.सं.२०७३ असोज २० बिहीवार १२:३५ मा प्रकाशित