back
NMB ad

चारलाखभन्दा बढी भूकम्पपीडितलाई पहिलो किस्ता

Kumari bank ad

काठमाडौँ  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका चार लाख २० हजार ८२२ पीडितलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ ।

हालसम्म चार लाख ३७ हजार ४६९ घरधनीलाई पहिलो किस्ताको रु ५० हजार भुक्तानीका लागि सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए ।

“दसैँका कारण केही दिन अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणमा ढिलाइ भए पनि शुक्रबारदेखि काम सुरु गरिएको छ, काठमाडौँमा ५५ हजार घरधनीसँग अनुदान सम्झौताको काम सुरु गर्ने तयारी भएको छ”– उनले भन।

यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लामा अनुदान सम्झौता गरी पहिलो किस्ताको रु ५० हजार लाभग्राहीको बैंक खातामा हाल्ने काम भइरहेको थियो । ललितपुरको बुङ्मतीका चार घरधनीसँग अनुदान सम्झौता गरी पहिलो किस्ता दिइएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागले काठमाडौँमा एक लाख १५ हजार ६७१ घरधनीलाई पुनःनिर्माणका लागि अनुदान दिनुपर्ने सूची प्राधिकरणमा बुझाएको छ जसमध्ये ५५ हजारलाई पहिलो चरणमा तत्काल अनुदान सम्झौता गर्नेगरी तयारी सुरु गरिएको हो ।

तिहारअघि नै ललितपुर र भक्तपुरमा पनि अनुदान सम्झौता सुरु गरिने प्रवक्ता थपलियाले बताए ।

 ३० असोज २०७३

वि.सं.२०७३ असोज ३० आइतवार १८:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...