back
Kumari Bank

पूर्वराजाले शान्ति फैलाउन उद्घाटित विराट हिन्दु सम्मेलनमा कुटाकुट

काठमाडौ। हिन्दु धर्मका नाममा पूर्वराजा ज्ञानेन्द्रलाई पुनस्र्थापित गर्ने अभियान चलाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय विराट् हिन्दु सम्मेलनमा कुटाकुट र हुलदंगापछि भाँडभैलो मच्चिएको छ ।

सनातन हिन्दु मोर्चासहितको एउटा ठूलो समूहले अप्रजातान्त्रिक प्रक्रियाबाट पूर्वजनरल भरतकेशर सिंहलाई शुक्रबार जबर्जस्ती विश्व हिन्दु महासंघको अध्यक्ष घोषणा गरिएको भन्दै विरोध जनाएपछि सम्मेलनमा कुटाकुट र भाँडभैलो मच्चिएको हो ।

बिहीबार पशुपतिस्थित वनकालीमा उद्घाटनपछि प्रज्ञाभवन कमलादीमा धर्मसभा चलिरहँदा भाँडभैलो मच्चिएपछि सम्मेलनको दोस्रो दिन नै प्रतिनिधिहरू तितरबितर भएका छन् । सम्मेलन समापन हुँदा साँझ २५–३० जनाको संख्यामा प्रतिनिधि धर्मसभामा थिए ।

निर्वाचनमण्डलले सिंहलाई अध्यक्ष घोषणा गरिरहेकै वेला मोर्चा प्रतिवाद गर्दै सम्मेलनबाट बाहिरिएको थियो । सिंह पक्षधर र मोर्चा पक्षधरको झडपमा ज्योतिष परिषद्का केन्द्रीय सदस्य विशाल सिवाकोटी घाइते भएका छन् ।

उनलाई टाउको, आँखा र ढाडमा चोट लागेको छ । घाइते सिवाकोटीको वीर अस्पतालमा उपचार गरिएको मोर्चाका प्रवक्ता पुष्पराज पुरुषले बताए ।

सम्मेलनमा १० देशबाट करिब दुई सय प्रतिनिधि सहभागी भएको बताइए पनि करिब सयभन्दा बढी सम्मेलनमा सहभागी थिएनन् । विश्व हिन्दु महासंघको महत्वपूर्ण घटक सनातन हिन्दु मोर्चा सम्मेलनबाट विधान संशोधन गरी चुनावी प्रक्रियाबाट अध्यक्ष चयन गर्नुपर्ने पक्षमा थियो ।

सिंह पक्षधर भने भारतीय जनता पार्टीका नेता तथा लोकसभभा सांसद आदित्यनाथ सिंहको समर्थनमा उनैलाई अध्यक्षमा दोहोर्याउने पक्षमा उभियो । मोर्चामा आबद्ध प्रतिनिधिहरूले हिन्दु राज्य पुनस्र्थापना घोषणा गर्नुपर्ने, तर पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनस्र्थापित गर्ने अभियानको विरोधमा रहे पनि सिंह पक्षधर भने दुवै काम गर्नुपर्ने पक्षका कारण सम्मेलन उद्घाटनदेखि नै विवाद सुरु भएको थियो ।

सम्मेलन चलिरहँदा विधान संशोधन नै नगरी निर्वाचनमण्डलले एक्कासि सिंहलाई अध्यक्ष घोषणा गर्नासाथ धर्मसभामा झडप सुरु भएको थियो ।

निर्वाचनमण्डलका संयोजक केशव सापकोटाले सिंहलाई अध्यक्ष घोषणा गर्नासाथ मोर्चाको नेतृत्व गरिरहेका अध्यक्ष प्रा.डा. माधव भट्टाई, महासचिव भरतराज पौडेललगायतको निर्देशनमा उनीपक्षीय प्रतिनिधिहरूले प्रक्रियाको विरोध जनाएका थिए ।

नयाँ पत्रिका दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ कार्तिक ६

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०९:५९ मा प्रकाशित

You can share this post!

जोशी हाइड्रोपावर साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

जोशी हाइड्रोपावर साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २९ आइतवार ११:१९

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार २९ आइतवार ११:१३

काठमाडौं । साताको पहिलो कारोबर दिन सुनको भाउ बढेको छ...

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

वि.सं.२०८२ असार २९ आइतवार ११:०५

काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती   

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती   

वि.सं.२०८२ असार २९ आइतवार ०८:१४

काठमाडौँ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २९ आइतवार ०६:३७

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान   

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान   

वि.सं.२०८२ असार २९ आइतवार ०६:३३

काठमाडौँ :  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...