
रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विवादमा तानिएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा बुद्धको प्रतीमासँगको आफ्नो तस्बिर पोस्ट गरेपछि रोनाल्डो विवादमा तानिएका हुन् ।
रोनाल्डोले बुद्धको टाउकोको प्रतीमाको छेउको घेरामा आफ्नो दायाँ खुट्टा राखेको तस्बिर पोस्ट गरेका छन् । यसपछि उनी विवादमा तानिएका हुन् । उनको यो तस्बिरले बुद्ध र बौद्धधर्मावलम्बीको अपमान गरेको भन्दै रोनाल्डोको आलोचना भएको हो ।
प्रकाशित मितिः २०७३ कार्तिक ६
वि.सं.२०७३ कात्तिक ६ शनिवार १०:४८ मा प्रकाशित